कति चिनी खानु सही ?

रिफाइन्ड वा प्रशोधित चिनीलाई पूर्ण रुपमा आफ्नो खानपानबाट हटाइदिनु पर्छ । यसले शरीरमा नोक्सान पु¥याउने काम मात्र गर्छ । मोटोपन, मुटुको विरामी, मधुमेह, कोलेस्ट्रोल आदि समस्या हुन सक्छ ।

नेपालभ्युज

कति चिनी खानु सही ?

एजेन्सी । अहिलेको समयमा धेरैले स्वस्थ खानपानको बारेमा जान्न थालेका छन् । अस्वस्थ जीवनशैली तथा खानपानले गर्दा कैयौं विमारीहरु बढिरहेका छन् ।

यही कारणले नै अब मानिसहरु स्वस्थ खानपानमा जोड दिन थालेका छन् । स्वस्थ खानपानमा कस्ता खानेकुरालाई समावेश गर्नु हुँदैन र कस्ता खानेकुरालाई समावेश गर्नुपर्दछ भन्ने बारेमा जानकारी तपाईंले सजिलै पाउन सक्नुहुन्छ ।

कुनै पनि खानपानमा परिवर्तन गर्नु अघि स्वास्थ्य विशेषज्ञहरुसँग सल्लाह लिन पनि एकदमै जरुरी छ । स्वस्थ रहनका लागि प्रायः स्वास्थ्यकर्मीले चिनी नखाने सल्लाह दिने गर्छन् । चिनी कैयौं विमारीहरुको जरा बन्छ र हाम्रो शरीरमा बोसो जम्मा गर्ने काम पनि यसले बढी गर्छ ।

चिनीले स्वास्थ्यमा गर्ने नराम्रो असरहरुले गर्दा कैयौं व्यक्तिले चिनी पूर्ण रुपमा खान छोड्ने गरेको पनि पाइन्छ । के चिनीलाई पूर्ण रुपमा छोड्नुपर्छ ? वा खानुपर्छ भने कति मात्रामा खानुपर्छ ?

चिनीमा भिटामिन, मिनरल्स, एन्टीअक्सीडेन्ट जस्तो कुनै पनि गुणहरु पाइँदैन । चिनीबाट हाम्रो शरीरमा क्यालोरी मात्र पाइन्छ । चिनीबाट पाइने क्यालोरीको हाम्रो शरीरमा कुनै पनि आवश्यकता हुँदैन ।

चिनीले हाम्रो शरीरमा कुनै पनि प्रकारको फाइदा पाइँदैन । बरु यसलाई खानु भनेको एउटा लत मात्र हो । यसले इन्सुलिन हर्मोनलाई स्पाइक गर्छ जसले गर्दा शरीरमा बोसो बढ्ने गर्छ ।

रिफाइन्ड वा प्रशोधित चिनीलाई पूर्ण रुपमा आफ्नो खानपानबाट हटाइदिनु पर्छ । यसले शरीरमा नोक्सान पु¥याउने काम मात्र गर्छ । मोटोपन, मुटुको विरामी, मधुमेह, कोलेस्ट्रोल आदि समस्या हुन सक्छ ।

रिफाइन्ड चिनीको ठाउँमा गुलियोको लागि तपाईं नरिवल चिनी, खजुर, गुड, एप्रिकोट्स आदि प्रयोग गर्न सक्नुहुन्छ । यसबाट हामीले शरीरमा भिटामिन तथा मिनरल्स पनि पाउँछौं । जसले गर्दा तपाईं स्वस्थ पनि रहन सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved