एजेन्सी । के तपाईंलाई पनि यस्तो हुन्छ फाउन्डेशन र कन्सीलर राम्रोसँग ब्लेन्ड गर्दा पनि मेकअप राम्रो लाग्दैन ? मेकअप स्टिकी, क्रिजी तथा पोर्सहरु देखिएको जस्तो हुन्छ ? यदि यसो हुन्छ भने तपाईंको मेकअपमा एउटा क्रिमको कमी छ । त्यो हो प्राइमर ।
- प्राइमर त्यस्तो मेकअप साम्रगी हो जसको प्रयोगले मेकअप एकदमै स्मूथ तथा फ्लोलेस देखिन्छ । त्यसैले यदि तपाईं मेकअप गर्नुहुन्छ भने प्राइमर किन लगाउने र कतिबेला लगाउने भन्ने बारे बुझ्न एकदमै जरुरी छ ।
- प्राइमर लगाउँदा मेकअप एकदमै स्मूद देखिन्छ । साथै प्राइमर लगाएपछि अन्य साम्रगी लगाउन एकदमै सजिलो हुन्छ ।
- यदि मेकअपलाई लामो समयसम्म टिकाइराख्न वा एकनासको सुन्दर देखिइरहनका लागि पनि प्राइमरको एकदमै आवश्यकता पर्दछ ।
- राम्रो खालको प्राइमरले अनुहारमा भएका साना साना काला दाग धब्बाहरुलाई पनि ढाक्ने काम गर्छ । यसलाई लगाउँदा बित्तिकै छाला एकदमै मुलायम तथा चम्किलो हुन्छ ।
- त्यस्तै यदि तपाईंको छाला एकदमै चिल्लो छ भने पनि प्राइमर लगाउँदा मेकअप चिल्लो वा ग्रिजी देखिँदैन । प्राइमरले छालामा भएका पोर्सहरुलाई रोक्ने काम गर्छ जसले गर्दा धेरै पसिना आउँदैन ।
प्रयोग गर्ने तरिका
- मेकअप अघि सामान्य छालाको सुरक्षाका लागि मोइस्चराइजिंग तथा सनब्लकहरु लगाउने ।
- अब अनुहारमा थोरै प्राइमर लगाएर पुरै अनुहारमा मसाज गर्ने ।
- प्राइमर लगाएको केहीबेरपछि मेकअप शुरु गर्ने ।
Facebook Comment
Comment