गण्डकी प्रदेश : कांग्रेसका पाण्डेद्वारा मुख्यमन्त्रीमा दाबी पेश

नेपालभ्युज

गण्डकी प्रदेश : कांग्रेसका पाण्डेद्वारा मुख्यमन्त्रीमा दाबी पेश
फाइल फोटो

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी पेश गरेका छन् । कांग्रेससँगै माओवादी केन्द्रको समर्थनमा नेता पाण्डेले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख गुरुङले १२ गते ३ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । सोहीअनुरूप पाण्डेले मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।

कांग्रेसका २७, माओवादी केन्द्रका ७ र स्वतन्त्र सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङेको समर्थनमा पाण्डेले दाबी पेश गरेका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो । यसपछि त्यहाँ गठबन्धनसम्बद्ध दलहरूले सरकारको नेतृत्वका लागि दाबी पेश गरेका हुन् ।

यसअघि त्यहाँ उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्ने कि उपधारा २ बमोजिम बमोजिम नै बहुमतको सरकार गठन गर्न आह्वान गर्ने भन्ने अन्योल थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved