एसीसी प्रिमियर कप : नेपालले कतारलाई हरायो, सन्दीपको फाइफर

नेपाललाई प्याक गर्न कतारका अमिर फारुकले ४ र ओवेस अहमदले ३ तथा गायान मुनाविराले २ तथा इक्रामुल्लाह खानले १ विकेट लिए।

नेपालभ्युज

एसीसी प्रिमियर कप : नेपालले कतारलाई हरायो, सन्दीपको फाइफर

काठमाडौं। एसीएसी प्रिमियर कपमा नेपालले कतारलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो। यससँगै समूह ‘ए’ को विजेता बन्दै नेपालले सेमिफाइनल खेल्ने छ।

१५८ रन पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अलआउट भयो। कतारको लागि जहिर इब्राहिम र खुर्रम शाहजादले १५–१५ रन जोडे। कतारलाई प्याक गर्न नेपालका सन्दीप लामिछानेले ५, सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १५७ रनमा अलआउट भयो। २७.६ ओभरमा गुल्सन झा ७ रनमा आउट भएसँगै नेपाल संकटमा आएको थियो। २८ ओभरमा सन्दीप लामिछानेलाई साथ दिन ललित राजवंशीको पिचमा आएसँगै ब्याटिङमा आशा पलाएको थियो।

नेपालको लागि लेगस्पिनर सन्दीप आशावादी ब्याटिङ प्रस्तुत गर्दै ५८ बलमा ६ चौका प्रहार गर्दै अविजित ४२ रन बनाउन सफल भए। ४०.३ ओभरमा ललित राजवंशीले १ रनमा आउट भए।

कप्तान रोहित पौडेलले २७ र आसिफ शेखले १९ रनको योगदान गरे। अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन्। १.२ ओभरमा नै ओपनर कुशल भूर्तेल २ रनमा आउट भएसँगै नेपालको ब्याटिङ डगमगाएको थियो। ३.३ ओभरमा भीम शार्की ६ रनमा आउट भए।

आसिफ आउट भएसँगै कप्तान रोहित पौडेल पनि पभिलियन फर्किए। नेपालका ४ ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

नेपाललाई प्याक गर्न कतारका अमिर फारुकले ४ र ओवेस अहमदले ३ तथा गायान मुनाविराले २ तथा इक्रामुल्लाह खानले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved