लुम्बिनी प्रदेश : ५३ सांसदको समर्थनमा कांग्रेसका चौधरीले गरे मुख्यमन्त्रीमा दाबी पेश

नेपालभ्युज

लुम्बिनी प्रदेश : ५३ सांसदको समर्थनमा कांग्रेसका चौधरीले गरे मुख्यमन्त्रीमा दाबी पेश

रूपन्देही । लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । नेता चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेश गर्न दिएको समयभित्र नेता चौधरीले दाबी पेश गरेका हुन् । उनले माओवादी केन्द्रसहित ८ दलका ५३ सदस्यहरूको समर्थनमा दाबी गरेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, राप्रपाका र नागरिक उन्मुक्तिका ४/४, जनमत, जसपा र लोसपाका ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १/१ सँगै एक स्वतन्त्र सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved