एजेन्सी । केही पुरुषहरुमा बाक्लो र लामो दाह्री राख्ने एकदमै चाहना हुन्छ । त्यहीँ कतिपयमा वंशाणुगत तथा टेस्टोस्टेरोनको कमीका कारण दाह्री बढाउन समस्या पनि पर्ने गर्छ । दाह्री बढाउनका लागि तपाईं विभिन्न तेलहरुको प्रयोग गर्न सक्नुहुन्छ ।
जोजोबा तेल– दाह्री बढाउनका लागि जोजोबा तेलको प्रयोग गर्न सकिन्छ । यसमा धेरै पोषक तत्वहरु हुन्छन् जसले दाह्री तथा कपाल बढाउन मद्दत गर्दछ ।
नरिवलको तेल– एन्टीब्याक्टेरियल तत्वले भरिपूर्ण यो तेल पनि दाह्री तथा कपाल बढाउनका लागि फाइदाजनक हुन्छ । त्यसैले नरिवलको तेल लगाएर दाह्रीमा मसाज गर्नुहोस् । दिनहुँ यसो गर्नुभयो भने राम्रो नतिजा पाइन्छ ।
अमलाको तेल– अमलाको तेलको प्रयोग दाह्री बढाउनका लागि पनि गर्न सकिन्छ । यसमा पाइने पोषक तत्वहरु पनि कपाल बढाउनका लागि एकदमै फाइदाजनक हुन्छ ।
क्यास्टर तेल– जसरी कपाल बढाउनका लागि क्यास्टर तेलको प्रयोग गरिन्छ । त्यसरी नै दाह्री बढाउन पनि यसको प्रयोग गर्न सकिन्छ । त्यसका लागि दिनहुँ मसाज गर्ने ।
Facebook Comment
Comment