बारा-२ मा उपनिर्वाचनको मतगणना सुरु

नेपालभ्युज

बारा-२ मा उपनिर्वाचनको मतगणना सुरु

काठमाडौं। बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना ढिलोगरी सुरु भएको छ। बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ।

मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर वडाबाट सुरु गरिएको छ।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली प्रतिस्पर्धामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved