न्यायाधीश गिरीकी पत्नी रावल पक्राउ, अनुसन्धान सुरु

नेपालभ्युज

न्यायाधीश गिरीकी पत्नी रावल पक्राउ, अनुसन्धान सुरु

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ गरेको छ । टोलीले आइतबार उनलाई पक्राउ गरेको हो । सोमबार अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले आरती पक्राउ परेको पुष्टि गर्दै ७ दिन म्याद लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

उनीमाथि शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोग छ । रावललाई पक्राउ गर्न बाँके जिल्ला अदालतले यसअघि नै अनुमति दिएको थियो ।

रावलका पती न्यायाधीश गिरी पनि वैवाहिक बलात्कार मुद्दामा यसअघि नै पक्राउ परिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved