शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

नेपालभ्युज

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको काठमाडौंमा निधन भएको छ।

सय वर्षीया राधादेवीको शनिबार बिहान ५ बजे १५ मिनेटमा क्रिस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई अस्पताल भर्ना गरिएको थियो। ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो।

जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आ-आफ्नो शरीर दानको घोषणा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved