२७ वर्षीका सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेड्ने

नेपालभ्युज

२७ वर्षीका सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेड्ने
फाइल तश्वीर

काठमाडौं । भक्तपुरको ऐतिहासिक र महत्वपूर्ण जात्रा मानिने‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । उनले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने बताएका हुन् ।

नवौँ पटक बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले यस वर्ष जिब्रो छेडाउने भएपछि चार दशक यो परिवारले जिब्रो छेडाउँदा पुस्तान्तरण भएको छ ।

कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएकामा यस वर्ष बुद्धकृष्णका कान्छो छोराले पहिलो पहिलो पटक जिब्रो छेड्न लागेका हुन् । श्रेष्ठले नाय पमाको घरमा पुगेर चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गरेका छन् ।

वैशाख २ गतेको जात्राको लागि उनले हिजोदेखि व्रत बस्न सुरु गरेका छन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघि देखि केही नखाइ व्रत बस्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved