पूर्वमन्त्री खानको अश्लील भिडिओ बाहिरियो, भन्छन्- ‘मलाई फसाउने षड्यन्त्र भयो’

भिडिओमा ती महिलाले अश्लील भिडिओ हेरिरहेको देखिन्छ भने पछि आफैँ त्यस्तो हर्कत गर्छिन् । खानले उक्त भिडिओमा हिन्दी भाषामा कुरा गरेको सुनिन्छ । 

नेपालभ्युज

पूर्वमन्त्री खानको अश्लील भिडिओ बाहिरियो, भन्छन्- ‘मलाई फसाउने षड्यन्त्र भयो’

काठमाडौं । पूर्वमन्त्री अब्दुल खानको अश्लील भिडिओ बाहिरिएको छ ।

केही दिनअगाडि मात्रै खानेपानीमन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएका जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले अश्लील गतिविधि गरिरहेको भिडिओ बाहिरिएको हो ।

खानले उक्त भिडिओ आफू सांसद हुनुभन्दा अगाडिको रहेको र अहिले विरोधीहरूमार्फत ‘लीक’ भएको बताए । ‘म सांसद हुनुभन्दा अगाडि नै एकजना महिला ह्वाट्सएपमा जोडिएकी थिइ । उसले मलाई भिडिओ कल गरेर अश्लीलता देखाउने गर्थिन् । त्यही भिडिओ अहिले बाहिरिएको हो,’ खानले नेपालभ्यूजसँग भने ।

ती महिलाले आफूसँग पैसाको ‘डील’ गरेको र त्यसलाई अस्वीकार गर्दा आफू फन्दामा परेको प्रष्टोक्ति खानको छ । ‘ती महिलाले मलाई डिओ कल गरिन् र अङ्ग देखाउँदा मैले भिडिओ अफ गरेँ । त्यसपछि उसले भिडिओ बनाएर पैसाको डिमान गरिन् । त्यसलाई मैले इन्कार गर्दा मेरै साथीहरूलाई उक्त भिडिओ पठाइन् र पछि विरोधीहरूले बाहिर ल्याए,’ खानले भने ।

आफूलाई फसाउन षड्यन्त्र भइरहेको र उक्त षड्यन्त्रविरुद्ध प्रहरीसमक्ष उजुरी दिइसकेको खानले बताए । उनले ०७९ असोज २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएका छन् । ‘मैले प्रहरीसमक्ष उजुरी दर्ता गराइसकेको छु । प्रहरीले अत्तालिनु पर्दैन भनेर आश्वासन दिएको छ,’ उनले भने ।

भिडिओमा ती महिलाले अश्लील भिडिओ हेरिरहेको देखिन्छ भने पछि आफैँ त्यस्तो हर्कत गर्छिन् । खानले उक्त भिडिओमा हिन्दी भाषामा कुरा गरेको सुनिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved