महाकाली लोकमार्गको अवरोध हट्यो

नेपालभ्युज

महाकाली लोकमार्गको अवरोध हट्यो

दोधारा चाँदनी । महाकाली लोकमार्गअन्तर्गत पर्ने वन क्षेत्रको रुख कटानीको आदेश आएपछि निर्माणको बाटो खुलेको छ । यसअघि रुख काट्न अनुमति नपाउँदा कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म लोकमार्गको ट्रयाक खोल्न सकिएको थिएन ।

उक्त क्षेत्रमा पर्ने रुख कटानको आदेश नहुँदा वर्षौँदेखि लोकमार्ग निमार्ण अघि बढ्न सकेको थिएन । महाकाली लोकमार्ग दार्चुला/तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मणदत्त जोशीले मन्त्रिपरिषद्को निर्णयबाट डिभिजन वन कार्यालय कञ्चनपुरलाई रुख कटानको आदेश प्राप्त भएपछि सडक निमार्णको बाटो खुलेको बताए ।

‘वन विकास कोषमा रु २० करोड जम्मा गर्न नसक्दा समस्या भएको थियो, रकम कोषमा पछि जम्मा गर्ने निर्णय भएपछि रुख कटानको आदेश पाइएको छ’, उनले भने । आदेशपछि सडक निमार्णको कामले तीव्रता पाउने जोशीको भनाइ छ । सडक निर्माणका लागि ठेकेदारसँग सम्झौता समेत भइसकेको अवस्था छ ।

महाकाली लोकमार्गको शून्य विन्दु कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म १५ किलोमिटर ट्रयाक खोल्न दिवा–सनिदेवसँग काम २०८० असार मसान्तसम्म सम्पन्न गर्ने गरी रू पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भएको थियो । लोकमार्गको उक्त खण्डमा पहिलो चरणमा ब्रह्मदेव क्षेत्रमा एक हजार नौ सय ५१ रुख कटान गर्नुपर्ने जोशीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved