हवाई भाडा घट्यो, कुन रुटमा कति ? (सूचीसहित)

नेपालभ्युज

हवाई भाडा घट्यो, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले  इन्धनको मूल्य घटाएसँगै २२ चैतदेखि लागु हुने गरि  हवाई भाडा पनि  घटाएको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको हो । यो रुटमा  ७ हजार ५१० रुपैयाँ लाग्नेमा अब ७ हजार ७० रुपैयाँ मात्रै  तिर्नुपर्ने भएको छ ।

काठमाडौंबाट भद्रपुरका लागि ३०० रुपैयाँ  घटेको छ भने विराटनगरलाई २४० रुपैयाँ घटाइएको छ । यस्तै जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको संघले जनाएको छ ।

संघका अनुसार  काठमाडौंबाट भैरहवा उडानको भाडा २०५ रुपैयाँले घटेर ३ हजार २९५ रुपैयाँ कायम भएको छ । नेपालगञ्जमा ३२५, तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटाइएको छ ।

काठमाडौंबाट हुने माउन्टेन फ्लाइटको भाडा  ३४५ रुर्पैयाँ  घटाएर  ५ हजार ४९० रुपैयाँ कायम  गरिएको छ ।

हेर्नुस् सूची 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved