‘ए’ डिभिजन लिग : जावलाखेलको चौथो जित, एनआरटी र चर्च ब्वाइजको बराबरी

नेपालभ्युज

‘ए’ डिभिजन लिग : जावलाखेलको चौथो जित, एनआरटी र चर्च ब्वाइजको बराबरी

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले चौथो जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा  मङ्गलबार भएको खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

जावलाखेलको लागि फोडे फोफाना र एनकोटो मोसाबीले गोल गरे भने सातदोबाटोको लागि दीपक सिंह ठकुरीले गोल फर्काए।

फोफानाले खेलको ४३औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाए। मोसाबीले ५०औँ मिनेटमा जावलाखेलको लागि दोस्रो गोल गरे। ७५औँ मिनेटमा सातदोबाटोका दीपकले १ गोल फर्काए।

६ खेलबाट १३ अंक जोडेको जावलाखेल शीर्ष स्थानमा उक्लिएको छ। ६ खेलबाट १२ अंक जोडेको सातदोबाटो भने दोस्रो स्थानमा झरेको छ।

अर्को खेलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाइटेडबीचको खेल भने बराबरीमा सकिएको हो।

च्यासल रंगशालामा मङ्गलबार भएको खेलमा एनआरटी र चर्च ब्वाइजबीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो।

एनआरटीको लागि रोशन खड्गी र सरोज तामाङले गोल गरे भने चर्च ब्वाइजका लागि भने आशिष चौधरी र अनन्त तामाङले गोल गरे।

खेलको २०औँ मिनेटमा आशिष गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए। ६२औँ मिनेटमा कप्तान अन्नत तामाङले चर्चका लागि दोस्रो गोल गरे।

७१औँ  मिनेटमा रोशनले एनआरटीका लागि गोल गर्दै खेललाई २-१ मा पुर्‍याए। इन्ज्युरी समयमा सरोज तामाङको गोलले खेल २–२ को बराबरीमा पुग्यो।

६ खेलबाट ३ अंक जोडेको एनआरटी १३औँ स्थानमा छ। ६ खेलबाट १२ अंक जोडेको चर्च ब्वाइज भने तेस्रो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved