सेयर बजारमा आज पनि गिरावट, कारोबार ९१ करोडमा सीमित

नेपालभ्युज

सेयर बजारमा आज पनि गिरावट, कारोबार ९१ करोडमा सीमित

काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा आज पनि गिरावट आएको छ । आइतबार र सोमबार घटेको सेयर बजार आज पनि घटेको हो ।

कारोबार समयदेखि घटेर १२ बजेदेखि बढ्न सुरु गरेको परिसूचक अन्तिम समयमा पुनः बजार ओरालो लाग्दै ५.२० अंकको गिरावटमा झरेर बन्द भएको हो ।

गिरावटसँगै नेप्से परिसूचक १८६६ अंकमा आइपुगेको छ । यस क्रममा आज ९१ करोड ७६ लाख १० हजार रुपैयाँ बराबरको २९ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजार घटेपनि आज ८६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १५ वटा कम्पनीको सेयर मूल्य स्थिर कायम भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved