आयूर्वेद अनुसार गोबरमा फलेको मुलामा हुन्छ औषधीय गुण

नेपालभ्युज

आयूर्वेद अनुसार गोबरमा फलेको मुलामा हुन्छ औषधीय गुण

एजेन्सी । मुलालाई सलाद तथा तरकारी वा सुकाएर अनेक प्रकारले सेवन गर्न सकिन्छ । मुलाले पेटको किरा मार्न, पाचन प्रक्रिया ठिक गर्न, अपच लगायत धेरैमा फाइदा गर्दछ ।

गोबर मलमा फलेको मुलालाई सही ढंगले प्रयोग गर्न जानेमा पिसाब सम्बन्धी समस्या निको पार्न सकिन्छ । आयूर्वेदमा गोबरमा फलेको मुलाको पिसाबसम्बन्धी समस्यामा औषधीय प्रयोग बारे जानकारी दिइएको छ ।

  • गोबरमा फलेको मुलाको नियमित सेवन गरेमा पिसाब थैली वा मिर्गौलाको पत्थरी जान्छ ।
  • मुलाको पात मात्र नियमित खाने गरेमा कब्जियत निको भई दिशा खुल्छ ।
  • मुलाको नियमित सेवनले रोकिएको महिनावारीलाई खोल्ने काम गर्छ ।
  • त्यस्तै आधा चम्चा मूलाको बीजको धुलो सेवन गरेमा महिनावारीमा धेरै रगत बग्ने समस्या निको हुन्छ ।
  • पेटसम्बन्धी सम्पूर्ण समस्या जस्तो अपच, ग्यास, आदि निको हुन्छ ।
  • हाडजोर्नी दुख्ने तथा बाथ रोग भएकाले नियमित मुलाको सेवन गर्दा आराम मिल्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved