कर्णालीको एउटा समाज र परिवारको कथामा ‘बुलाकी’

नेपालभ्युज

कर्णालीको एउटा समाज र परिवारको कथामा ‘बुलाकी’

काठमाडौं। नेपाली चलचित्रमा ग्रामीण परिवेश र कथालाई केही समययता देखाउने क्रम बढेको छ । मौलिक नेपाली चलचित्रमा स्थानीय भाषा, पहिरन र संस्कृतिलाई समेटिने गरिन्छ ।

कर्णालीमै डेढ महिना छायाङ्कन गरिएको चलचित्र ‘बुलाकी’को काठमाडौंमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री सुरक्षा पन्तले मनोरञ्जन, मौलिकतासँगै संस्कृतिलाई समेटेर तयार गरिएको जानकारी दिइन् ।

“कर्णाली ठाउँ विकट भए पनि त्यहाँका मान्छे दुःखी छैनन् । हामीले चलचित्रमार्फत अहिले पनि त्यहाँ सुनिने जारी प्रथाको कथालाई उठाएका छौँ”, उनले भनिन्, “यसले प्रथाको प्रभावलाई देखाएको छ । त्यो ठिक होइन भन्ने सन्देश समाजलाई दिन्छ । ”

उनले निर्देशक लक्ष्मण सुनार स्थानीय भएकाले काम गर्न सजिलो भएको जानकारी दिँदै स्थानीय लवजसँगै पहिरन, खानपिनमै रहेर छायाङ्कन गरिएको चलचित्रमार्फत महिलाको कथा भन्न खोजिएको बताइन् ।

चलचित्रमा अभिनेत्री पन्तको श्रीमानको भूमिका निर्वाह गरेका अभिनेता नरेन खड्काले कर्णालीको एउटा समाज र परिवार देखाइएको बताए ।

“यसलाई नेपाली मौलिक चलचित्र भनेर जहाँ पनि देखाउन सकिन्छ । हामीले व्यावसायिकभन्दा मौलिकता झल्कने चलचित्र बनाएका छौँ”, उनले भने, “चलचित्र पर्दामा हेरिरहँदा कर्णालीका बासिन्दाले आफूलाई पात्रसँग कनेक्ट गर्नुहुनेमा विश्वस्त छु ।”

अभिनेता रमेश बुढाथोकीले नयाँपुस्ताको काम र लगावको प्रशंसा गरे ।  यसमा विराज विष्ट, लक्ष्मी गिरी, कूलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईंलगायतका कलाकारले अभिनय गरेका छन ।

चलचित्रमा शिव ढकालले छायाङ्कन, अर्जुन जिसीले सम्पादन, राजबहादुर सानेले कथा लेखन, लेखक साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता विष्टले पटकथा तथा संवाद तयार गरेका थिए ।

डोल्पा, जाजरकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको चलचित्र अगामी वैशाख १ गते प्रदर्शनमा आउँदैछ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved