रवि लामिछानेसँग भिड्न एमालेको उम्मेदवार पुण्य गौतम !

नेपालभ्युज

रवि लामिछानेसँग भिड्न एमालेको उम्मेदवार पुण्य गौतम !

काठमाडौं। सामाजिक सञ्जाल टिकटक र युट्युबबाट भाइरल बन्दै गएका एमाले नेता पुण्य गौतम चितवन-२ बाट उपचुनाव लड्ने भएका छन्।

नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन-२ बाट हराउन आफू काबिल रहेको बताएका छन्। शुक्रबार अध्यक्ष ओलीसँग भेटेपछि उनले टिकट दिन आग्रह गरेका हुन्।

उनले अध्यक्ष ओलीसँग भेट गरेको फोटो सामाजिक सञ्जालमा राख्दै अध्यक्षसँग सार्थक र प्रभावकारी कुराकानी भएको बताएका छन्। ओली भेट्नुअघि गौतमले चितवनका एमाले नेताहरुसँग पनि छलफल गरेका थिए।

ओलीसँगको भेटमा आफू चितवनबाट चुनाव जितेर आउने दाबी गरेको र ओलीले पनि सकारात्मक जवाफ दिएको गौतमले नेपालभ्युजलाई बताए।

‘बालकोट गएर भर्खरै फर्केको हुँ। अध्यक्ष ज्युले तपाईं तयार हो ? भनेर सोध्नुभयो ।मैले म रवि लामिछानेलाई हराउन सक्षम छु भनेर जवाफ दिएँ–उनले भने–‘अध्यक्षज्यूसमक्ष मेरा कुरा राखेँ । उहाँ झन् सकारात्मक हुनुभयो । आशा छ पार्टीले मेरो क्षमताको मूल्यांकन गर्नेछ।’

राष्ट्रियतालाई मुख्य मुद्दाको रूपमा उठाउने र यहि मुद्दा पार्टीको पनि भएकोले आफू जित्नेमा ढुक्क रहेको उनले सुनाए ।

‘रवि जी मेरो मित्र र आफन्तसमेत हुन् तर उनको नागरिकता र पासपोर्ट विवादित छ’ उनले भने–‘आफ्नै देशको नागरिकता केही होइन भन्ने खालको म होइन। त्यसमाथि अध्ययन र राननीति बुझ्ने कुरामा पनि म उहाँभन्दा धेरै अब्बल उम्मेदवार हुँ।’

गौतम गत वैशाखमा एमाले अध्यक्ष ओलीको आशीर्वाद लिएर पार्टी प्रवेश गरेका हुन् । त्यसअघि, उनी माओवादी र नेकपा एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए।

२०५२ मा शुरु भएको जनयुद्धमा उनी सहभागी भई पार्टीको जिल्ला सेक्रेटरीसमेत भएका युद्ध कमान्डर हुन्। ०६२-०६३ पछि उनी माओवादीमा जोडिएर पार्टीको जिम्मेवारीमा थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved