डिसहोमको आईटीभीमा आईपीएल-२०२३ क्रिकेट एचडी क्वालिटीमा हेर्न सकिने

नेपालभ्युज

डिसहोमको आईटीभीमा आईपीएल-२०२३ क्रिकेट एचडी क्वालिटीमा हेर्न सकिने

काठमाडौं। डिसहोमको प्रविधिमार्फत इन्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरू नेपालमा हेर्न पाइने भएको छ । डिस मिडिया नेटवर्कले ल्याएको इन्टरनेट प्रोटोकल बेस्ड आईपी टीभीमा एचडी क्वालिटीमा खेल हेर्न सकिने भएको हो ।

अन्तर्राष्ट्रिय सिरिजहरूजस्तै कोरियन, पाकिस्तानी, इरानी, बुल्गेरियन आदि आफूले चाहेको समयमा हेर्न सक्ने कम्पनीले जनाएको छ ।

लाइभ टिभीमा दैनिक विभिन्न स्पोर्टस्, सिरिज, मुभीहरू र रमाइलो टिभीमा एक्सक्युसिभ सिरियल भाग्य सिन्दूरको र आनन्दीसँगै अन्य सेवा प्रदायककोमा उपलब्ध नभएको सर्ट टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी लगायत २०० भन्दा वढि टिभी च्यानलहरू हेर्न सकिन्छ । ५ हजार घण्टा भन्दा वढि विभिन्न एप तथा फिचर्सहरू उपलव्ध रहेको छ ।

ग्राहकहरूले DTH लाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनेछन् भन्ने कम्पनीले विश्वास लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved