राजीनामा दिँदै खानेपानीमन्त्री खान

नेपालभ्युज

राजीनामा दिँदै खानेपानीमन्त्री खान

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले पदबाट राजीनामा दिन लागेको छन् ।

मन्त्री खानको दल जनमत पार्टीले मन्त्रिपरिषद् पुन:गठन हुँदा आफूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो । तर, आपूर्ति मन्त्रालय नेपाली कांग्रेसका रमेश रिजाललाई दिएपछि मन्त्री खाले राजीनामा दिन लागेको उनको सचिावालयले जनाएको छ ।

उनी प्रधानमन्त्रीलाई राजीनामा बुझाउन बालुवाटार पुगेका छन् ।

यसअघि गत पुस १० गते बनेको सरकारमा पनि जनमतले आपूर्ति मन्त्रालय नै पाउनुपर्ने बताएका थियो । त्यसपछि धेरै दिनपछि मन्त्री खानले खानेपानीमन्त्रीको रूपमा शपथ ग्रहण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved