१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। शुक्रबार सुनको भाउ बढेको छ । बिहीबार प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोम छ ।

फागुन ५ गते सुनको हालसम्मकै उच्च विन्दु प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।

यसैगरी, चाँदी भने अघिल्लो दिन मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved