धनुषामा अंग्रेजीको साटो नेपालीको प्रश्नपत्र पुग्यो, बारामा फेसबुकबाट प्रश्नपत्र बाहिरियो

नेपालभ्युज

धनुषामा अंग्रेजीको साटो नेपालीको प्रश्नपत्र पुग्यो, बारामा फेसबुकबाट प्रश्नपत्र बाहिरियो
फाइल फोटो

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईको परीक्षा आजदेखि सुरु भएको छ ।  आज अंग्रेजी विषयको परीक्षा भइरहेको छ । तर अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि धनुषाको एक परीक्षा केन्द्रमा झण्डै एक घण्टा ढिलो एसईई परीक्षा सुरु भएको छ ।

धनुषाको औरही गाउँपालिका स्थित मा.वि. चक्कर परीक्षा केन्द्रमा ५० मिनेट ढिलो परीक्षा सुरु भएको हो । बिहान ८ बजे सुरु हुने परीक्षा ८ बजेर ५० मिनेटमा सुरु भएको छ ।

यस्तै, बारामा बारामा एसईई परीक्षा सुरू भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ ।

आदर्श कोतवाल गाउँपालिकामा पर्ने महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र फेसबुकबाट आउट भएको हो । प्रश्नपत्र कसले आउट गरेको विषयमा केही खुल्न सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved