ड्युटीमा खटिएका प्रहरी हवल्दार भेरी नदीमा खसेर बेपत्ता

ड्युटीमा खटिएका प्रहरी हवल्दार भेरी नदीमा खसेर बेपत्ता

सुर्खेत। डोल्पामा ड्युटी खटिएका प्रहरी हवल्दार बेपत्ता भएका छन् ।

ईलाका प्रहरी कार्यालय काइगउँमा कार्यरत दैलेख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ बर्षिया वरिष्ठ हवल्दार जोशिराम रेग्मी काईगाउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

मुड्केचुला गाउँपालिका वडा नं १ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साझ पौने छ बजेको समयमा बेपत्ता भएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

बेपत्ता नियमित गस्तीका लागि खटिएको र खोजतलास गर्दा उनले बोकेको झोला भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायाव निरिक्षककाे नेतृत्वमा प्रहरीको टोली घटनास्थल खटिएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved