अमेरिकामा दुईवटा सैनिक हेलिकप्टर ठोक्किँदा ९ जनाको मृत्यु

नेपालभ्युज

अमेरिकामा दुईवटा सैनिक हेलिकप्टर ठोक्किँदा ९ जनाको मृत्यु

एजेन्सी। अमेरिकी राज्य केन्टकीमा अमेरिकी सेनाका दुईवटा हेलिकप्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।

यो दुर्घटना १ सय एकऔं एयरबोर्न डिभिजनसँग सम्बन्धित थियो र सैन्य आधार नजिकैको प्रशिक्षण अभियानको क्रममा भएको थियो। सैन्य अधिकारीहरूले घटनामा नौ  जनासैनिक मारिएको पुष्टि गर्दै दुखद घटना भएको बताएका छन् ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । सैनिक प्रवक्ताले दुईवटा हेलिकप्टर नियमित प्रशिक्षण  क्रममा दुर्घटनाग्रस्त भएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved