मन्त्रिपरिषद् विस्तार आज, शपथअघि दलहरुका आन्तरिक र संयुक्त बैठक बस्दै

सहमति जुटेकाले आज मन्त्रीपरिषद् बिस्तार हुने र अपराह्न ३ बजे शपथ हुने प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

नेपालभ्युज

मन्त्रिपरिषद् विस्तार आज, शपथअघि दलहरुका आन्तरिक र संयुक्त बैठक बस्दै

काठमाडौं। लामो रस्साकस्सीपछि आज शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ।

यसअघि बुधबार र बिहीबार नै मन्त्रिपरिषद् विस्तार हुने भनिए पनि कुन मन्त्रालय कसले लिने भन्ने सहमति नजुट्दा अड्किएको छ ।

विशेष गरी प्रभावशाली मन्त्रालयमा धेरै दलको दाबी भएपछि मन्त्रीपरिषद् बिस्तार लम्बिएको हो। बिहीबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकमा सहमति जुटेकाले आज मन्त्रीपरिषद् बिस्तार हुने र अपराह्न ३ बजे शपथ हुने प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

केही मन्त्रालयको विवाद मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै छलफल गर्ने जनाइएको छ।

कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जसपाले २-२ तथा जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १-१ मन्त्रालय पाउने समझदारी छ। आम जनता पार्टीबाट प्रभु साह पनि मन्त्री बन्ने बताइएको छ ।

गठबन्धन बैठकमा आफूलाई चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने बताएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved