प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधिका लागि नेपाल र लाओस खेल्दै

नेपालभ्युज

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधिका लागि नेपाल र लाओस खेल्दै

काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधिका लागि आज शुक्रबार नेपाल र लाओस खेल्दैछन् ।

फाइनल खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।

नेपालले पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो भने दोस्रो खेलमा भुटानसँग एक/एक गोलको बराबरी खेलेको थियो ।

लाओस पहिलो खेलमा नेपालसँग २-०  गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २–१ गोलले हराएको थियो ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर तथा दोस्रोले ३ हजार डलर पाउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved