रमेश खरेललाई बाराबाट उम्मेदवार बनाउने रास्वपाको घोषणा

वैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाले खरेललाई बारा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपालभ्युज

रमेश खरेललाई बाराबाट उम्मेदवार बनाउने रास्वपाको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पूर्व डीआईजी समेत रहेका सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई चुनावमा उम्मेदवार बनाउने भएको छ ।

वैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाले खरेललाई बारा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीले प्रकाशित गरेको प्रारम्भिक उम्मेदवारको सूचीअनुसार बारा २ मा रमेश र खरेल र युवराज न्यौपानेको नाम उल्लेख छ ।

दुई जनाको नाम सूचीमा रहेपनि रमेश खरेलकै बलियो सम्भावना रहेको स्रोतले जनाएको छ । खरेल यसअघि गएको मङ्सिर ४ गते भएको चुनावमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार भएर पराजित भएका थिए ।

यसअघि नेपाली कांग्रेसका नेता समेत रहेका अर्थशास्त्री स्वर्णीम वाग्लेले पनि पार्टी त्याग गरेर  रास्वपाको तर्फबाट तनहुँमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved