आँखाको रोशनी बढाउन गरिने योग

नेपालभ्युज

आँखाको रोशनी बढाउन गरिने योग

एजेन्सी । अहिलेको डिजीटल युगमा जोकोही व्यक्ति अधिकांश समय कम्प्यूटर तथा मोबाइलहरुको स्क्रिनमा बिताउँछन् ।

लगातार स्क्रिनमा हेरिरहँदा आँखामा नराम्रो असर परिरहेको हुन्छ । यस्तोमा तपाईं आफ्नो आँखाको रोशनी बढाउनका लागि केही योगासन गर्न सक्नुहुन्छ । आउनुहोस् जानौं–

त्राटक

त्राटक वा टकटकी हेर्ने एक प्रकारको योगासन हो जसमा तपाईं कुनै खास वस्तुमा एकोहोरो हेरिरहनु पर्ने हुन्छ । यो आँखाको लागि एकदमै राम्रो आसन हो । यसलाई दिनहुँ गर्नुभयो भने फाइदा प्राप्त हुन्छ ।

आँखालाई माथि तल गर्ने

आँखालाई लगातार तल माथि हेर्ने गरेमा आँखाको गति राम्रो हुन्छ । यसले आँखाको रोशनीमा पनि सुधार ल्याउने काम गर्छ ।

भस्त्रिका प्राणायाम

सुखासन मुद्रामा बसेर आफ्नो घाँटी र ढाडको हड्डीलाई एकदमै सिधा पारेर बस्ने । त्यसपछि शरीरलाई नहल्लाएर गहिरो स्वास तान्ने र जोड दिएर दुबै नाकबाट स्वास बाहिर फाल्ने ।

आँखा झिम्क्याउनु

यो व्यायाम गर्नका लागि आँखालाई १० सेकेन्डसम्म लगातार झिम्क्याउनुहोस् र २० सेकेन्ड जति आँखा बन्द गरेर आँखालाई आराम दिनुहोस् । यसले आँखा फरफराउने समस्या पनि निको हुन्छ ।

हातले आँखा ढाक्ने

आफ्ना दुबै हातहरु एकआपसमा घोट्ने र हल्का तातो भएपछि हातले दुबै आँखालाई हल्कासँग ढाक्ने । यसरी हातको तातोले आँखालाई सेक्ने काम गर्छ ।

आँखालाई दाँयावायाँ घुमाउने

आँखालाई लगातार दाँया वायाँ घुमाउने गर्दा पनि आँखाको गति राम्रो हुन्छ । त्यस्तै यसले कमजोर भएको आँखामा सुधार ल्याउने काम गर्दछ ।
यस्ता आसन तथा सुक्ष्म व्यायामको सहयोगले तपाईं आफ्नो आँखाको रोशनी राम्रो बनाउन सक्नुहुन्छ ।

यस्तो खालको व्यायामहरु तपाईं जुनसुकै बेला गर्न सक्नुहुन्छ । यस्तै टिप्सहरु जान्नका लागि हाम्रो वेबसाइट हेर्दै गर्नुहोला । यस्तो जानकारी मन परेमा साथीभाईलाई पनि सेयर गर्न नभुल्नुहोला ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved