टन्सिलको घरेलु उपचार विधि

नेपालभ्युज

टन्सिलको घरेलु उपचार विधि

एजेन्सी । घाँटीको भित्र पट्टीको भागमा ब्याक्टेरियल इन्फेक्सन हुनुलाई टन्सिलाइटिस वा सामान्य भाषामा टन्सिल भएको भनिन्छ ।

मौसम परिवर्तन हुनेबेला पनि धेरै जसोलाई टन्सिलको समस्या आउँछ । सामान्यतया चिसो तथा बदलिँदो मौसममा यस्तो समस्या हुने गर्दछ ।

टन्सिलका लक्षण

टन्सिल हुनाले घाँटीमा खसखस हुन्छ र दुखाई महसुस हुन्छ । खानेकुरा तथा थुक निल्न पनि समस्या हुने गर्छ । त्यस्तै टन्सिल्स बढ्नाले कहिलेकाँही आसपासको तन्तुमा संक्रमणको कारण पिप समेत आउने गर्छ ।

टन्सिल बढ्यो भने यसको दुखाई धेरै नै हुन्छ र केही खानेकुरा निल्न पनि गाह्रो हुन्छ । सही समयमा यसको उपचार भएन भने यो धेरै नै घातक पनि हुन सक्छ ।

उपचारको घरेलु तरिका

टन्सिलबाट बच्न कुल्ला गर्नु सबैभन्दा राम्रो उपचार विधि हो । साथै निम्न घरेलु उपाय अपनाउनु भयो भने सजिलै टन्सिलको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

अदुवा

तातो पानीमा कागतीको रस र ताजा अदुवा पिसेर मिसाउनुहोस् । यस पानीलाई हरेक घण्टामा कुल्ला गर्नुहोस् । यो तातो भएकाले आराम दिन्छ साथै अदुवा राखेको चिया पिउँदा पनि फाइदा प्राप्त हुन्छ ।

दुध

काँचो मेवाको दुध मिसाएर कुल्ला गर्नाले पनि टन्सिल्सबाट आराम मिल्छ । यसबाहेक एक कप तातो दुधमा आधा चम्चा पिसेको बेसार मिसाएर पिउनाले पनि ठिक हुन्छ ।

नुनपानीले कुल्ला गर्ने

घाँटीको समस्याको लागि नुन धेरै नै उपयोगी हुन्छ । मनतातो पानीमा एक चम्चा नुन मिसाएर कुल्ला गर्नाले ब्याक्टेरिया मर्छन् र तपाईंलाई आराम मिल्छ ।

मह

तातो वा मनतातो पानीमा आधा कागतीको रस निकाल्ने र एक चम्चा महमा मिसाएर दिनमा दुईपटक पिउने गर्दा टन्सिल निको हुन्छ ।

लसुन

उम्लिरहेको पानीमा केही पोटी लसुन राम्रोसँग उमाल्नुहोस् । यो पानी हल्का चिसो भएपछि कुल्ला गर्नुहोस् । यसले घाँटीको खसखस पनि ठिक हुन्छ र मुखबाट आउने गन्धको समस्या पनि ठिक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved