सुदूरपश्चिमलाई हराउँदै थ्री स्टार खप्तड गोल्डकपको फाइनलमा

धनगढी रंगशालामा बिहीबार भएको सेमिफाइनलमा थ्री स्टारले सुदूरपश्चिम–११ लाई टाइब्रेकरमा पराजित गरेको हो।

नेपालभ्युज

सुदूरपश्चिमलाई हराउँदै थ्री स्टार खप्तड गोल्डकपको फाइनलमा

धनगढी। स्थानीय टिमलाई हराउँदै थ्री स्टार क्लब सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनलमा पुगेको छ।

धनगढी रंगशालामा बिहीबार भएको सेमिफाइनलमा थ्री स्टारले सुदूरपश्चिम–११ लाई टाइब्रेकरमा पराजित गरेको हो । यससँगै उपाधिका लागि मनाङ मर्स्याङ्दी र थ्री स्टारबीच प्रतिस्पर्धा हुने भएको छ।

निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि पेनाल्टीबाट नतिजा निकालिएको थियो । निर्धारित समयमा थ्री स्टारको लागि कप्तान विक्रम लामा र सुदूरपश्चिमका लागि माधव भण्डारीले गोल गरे ।

पेनाल्टीमा भने थ्री स्टारले ४-२ गोल अन्तरले बाजी मारेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved