नयाँ वर्षमा यामाहाले ल्यायो पावर अफ फाइभ अविश्वसनीय उपहार

नेपालभ्युज

नयाँ वर्षमा यामाहाले ल्यायो पावर अफ फाइभ अविश्वसनीय उपहार

काठमाडौं। नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले उपहार योजना ल्याएको छ ।

‘पावर अफ फाइभ’ योजनाअन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने छ ।

त्यस्तै, खरिद गरेपछि फेरी वाइल्ड कार्ड मार्फत १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउनेछन् । खरिद गरे पश्चात् पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपोड जित्ने मौका पाउनेछन् ।

यो योजना आर १५ , एमटी १५ र फ्यासिनो मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरूमा मात्र लागू कम्पनीले जनाएको छ ।

यामाहा नेपालले यो योजना अन्तर्गत पाँचवटा अफर ल्याएको छ । पहिलो योजनाअन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी यमाहा पावर अफ ५ डटकममा गएर वा क्यूआर कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन् ।

सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर १ लाखसम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन् । बाइक वा स्कुटरको खरिदमा ग्राहकहरूले एक पृथक रेफरल कोड पनि प्राप्त गर्ने र उनीहरुले आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपड जित्नका लागि सकेसम्म धेरै व्यक्तिहरूलाई शेयर गर्न सक्नेछन् ।

साप्ताहिक विजेताहरूको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved