काठमाडौं। नेपालको बैङ्किङ क्षेत्रमा चौतर्फी आक्रमण भउको भन्दै नेपाल बैंकर्स संघ (एनबीए) ले आपत्ति जनाएको छ ।
नियमसंगत तरिकाले पारदर्शी भएर काम गर्दा पनि बैंकमाथि प्रहार हुनु दुःखद् भएको उनीहरूको गुनासो छ। पछिल्लो समय बैंकका विरुद्ध व्यवसायी तथा ग्राहक आन्दोलित हुँदा चुनौती थपिएको सङ्घका अध्यक्ष सुनील केसीले बताए ।
अध्यक्ष केसीले बैङ्किङ क्षेत्रमाथिको आक्रमण केबल संस्थामाथिको आक्रमण मात्र नभई समग्र मुलुकको वित्त क्षेत्रमाथिकै आक्रमण भएको बताए ।‘नेपालको बैङ्किङ क्षेत्रमा के भइरहेको छ अन्तर्राष्ट्रिय क्षेत्र हेरिरहेको छ’ उनले भने–‘यहाँको बैङ्किङ क्षेत्रमा एकपछि अर्को यस्तै प्रहार भइरहने हो भने विदेशी लगानीसमेत नआउन सक्छ।’
बैङ्किङ विश्वासकै कारण विदेशी लगानी सहज भइरहेको बताउँदै अध्यक्ष केसीले त्यो विश्वास गुमे अहिले आइरहेको लगानीसमेत रोकिन सक्ने बताए ।
तरलता सहजताको रूपमा अहिले पनि बैंकहरूसँग ७० अर्ब माथि लगानी योग्य रकम रहेकाले सहज अवस्थामा नै रहेको उनको भनाइ थियो।
अहिलेको अवस्था निक्षेपकै ब्याजदर साढे ८ प्रतिशत हाराहारी पुगिसकेको अवस्था कर्जामा १३.०३ प्रतिशत स्वाभाविक भएको पनि उनले बताए। तर, आर्थिक समस्याका बीच केही समय बैंकहरूले लगानी रोकेको र अहिले राम्रो क्षेत्र हेरेर लगानी गर्न थालेको बताए।
Facebook Comment
Comment