फाइनलको लागि तयार छौँ : प्रशिक्षक भिन्सेन्जो

शुक्रबार दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र लाओस बेलुकी साढे ५ बजे आमने-सामने हुनेछन्।

नेपालभ्युज

फाइनलको लागि तयार छौँ : प्रशिक्षक भिन्सेन्जो

काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा लाओसविरुद्ध नेपाल तयार रहेको नेपाली प्रशिक्षक भिन्सेन्जो अल्बर्टो आन्नेसले जानकारी गराएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार आयोजित प्रि–म्याच कन्फरेन्समा भिन्सेन्जोले टोली तयार रहेको बताएका हुन्।

प्रशिक्षक भिन्सेन्जोले भने, ‘हामीले राम्रो तयारी गरेका छौँ। टोली उत्प्रेरित अवस्थामा छ। फाइनलको लागि हामी तयार छौँ।’ भिन्सेन्जोले आफू टोलीको प्रदर्शनले खुसी भएको पनि बताए।

‘निकै कम समयमा टोलीलाई तयारी गराए पनि प्रदशर्न सुधार उन्मुख नै छ। खेलाडीको मानसिक्ता बलियो छ। उत्प्रेरणाको लागि खेलाडीलाई परिवर्तन गर्दै खेल्ने योजनामा रहेका छौँ।’ उनले टोलीबाट थप गोल पनि अपेक्षा गरिरहेको जनाकारी गराए।

नेपाली कप्तान किरण चेम्जोङले पनि टोलीको अवस्था राम्रो रहेको बताए। ‘फाइनलका लागि सबै खेलाडी मानसिक र शारिरीक रूपमा स्वस्थ छन्। तथापि, खेल चुनौतीपूर्ण हुन सक्ने अनुमान गरेका छौँ।’

टोलीमा नयाँ खेलाडी भए पनि आत्मविश्वास र प्रेरणाको मद्दतले अघि बढिरहेको पनि चेम्जोङले बताए।

यस्तै, लाओसका प्रशिक्षक माइकल वेइसले नेपालविरुद्धको खेल रोमाञ्चक हुने अपेक्षा व्यक्त गरे। प्रशिक्षक वेइसले भने, ‘नेपालसँगको खेल रोमाञ्चक हुने अपेक्षा राखेका छौँ। सम्भवतः लाओसको कुनै पनि प्रतियोगितामा यो पहिलो फाइनल प्रतिस्पर्धा हुनेछ। यसले लाओस फुटबल विकासमा सहयोग पुग्नेछ।’

उनले विगत एक वर्षमा युवा खेलाडीले लाओसको लागि राम्रो योगदान गरेको बताए। ‘भोलिको खेल जितेमा खेलाडीहरूले गरेको मेहन्तले लाओसमा फुटबलप्रति थप सकारत्मकता आउने छ। निकै सङ्घर्ष गरिरहेका खेलाडीले गुणस्तरिय तालिम र पारिश्रमिक पाउने पनि सम्भावना बढ्ने छ।’, वेइसले थपे।

लाओसको तीव्रगति र प्राविधिक दक्षता नेपालको लागि चुनौती हुने पनि लुइसले बताए। लाओसका कप्तान सुकफोन भोङचिएङ्खमले फाइनल टोलीको महत्वपूर्ण भएको बताए । ‘फाइनल पुगेका छौँ। उत्साहित छौँ। यसलाई यादगार बनाउने छौँ।’। सुकफोनले भने।

शुक्रबार दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र लाओस बेलुकी साढे ५ बजे आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved