प्रधानमन्त्रीलाई ओलीको प्रश्न- मिचिँदो भूमि र खुम्चिँदो सीमाबारे कहिले बोल्नुहुन्छ ?

'फागुन १ गते जनयुद्ध दिवस होइन'

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारकमा बस्नेहरूको शरम पचाउने क्षमता बृद्धि हुँदै गएको टिप्पणी गरेका छन् ।

नेपालभ्युज

प्रधानमन्त्रीलाई ओलीको प्रश्न- मिचिँदो भूमि र खुम्चिँदो सीमाबारे कहिले बोल्नुहुन्छ ?

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारकमा बस्नेहरूको शरम पचाउने क्षमता बृद्धि हुँदै गएको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोटर्स क्लबमा पत्रकारहरूसँगको साक्षात्कारमा ओलीले यस्तो टिप्पणी गरेका हुन् । ‘सरकारको, सरकारमा बस्नेहरूको शरम पचाउने क्षमत बृद्धि हुँदै गएको देखिन्छ, सरकारप्रतिको विश्वसनीयता घट्दै गएको छ,’ ओलीले भने ।

उनले काम गर्न छाडेर प्रधानमन्त्री भ्रमणमा जान लागेको सुनेको बताए । ‘प्रधानमन्त्रीजी, भ्रमणमा जाने सुनिन्छ । किन जान लाग्नुभएको हो ? भूमि खुच्मिँदो छ, सीमा मिचिँदो छ । सरकार मौन छ । यसविरुद्ध सरकार कहिले बोल्छ ?,’ ओलीले प्रश्न गरे ।

उनले थपे, ‘उहाँ (प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’) आफ्नो भूमि दाबेदारीका लागि जाँदै हुनुहुन्छ कि ? अब यहीँ त बोल्न सक्नुभएको छैन, त्यहाँ गएर बोल्ने त उहाँको कुरै छैन । प्रधानमन्त्रीजीले आफ्नो देशको अखण्डताबारे बोल्नुपर्छ । तर, उहाँ त्यहाँ गएर चुँ गर्न सक्नुहुन्न ।’

उनले मिचिएको भूमि र सीमाबारे बोल्दा पद गुम्ने डर सरकारका मान्छेहरूमा भएको पनि बताए । ‘मिचिएको आफ्नो भूमि र सीमबारे बोल्न नसक्ने सरकार सरकार भन्नलायक होइन, अहिलेको सरकारमा त्यसविरुद्ध बोल्नै हुँदैन भन्ने परेको छ,’ ओलीले भने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved