शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष घुससहित पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना घुस रकमसहित पक्राउ परेका छन्। नदीजन्य पदार्थ उत्खनन सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

नेपालभ्युज

शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष घुससहित पक्राउ

काठमाडौं। रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना घुस रकमसहित पक्राउ परेका छन्। नदीजन्य पदार्थ उत्खनन सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पक्राउ पर्नेमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरले ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको हो।

गाउँपालिकाको चमेना गृहबाट घुस रकमसहित बिहीबार बिहान साढे ११ बजे उनीहरूलाई पक्राउ गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved