अमेरिकाको ट्रिग काउन्टीमा सेनाको हेलिकप्टर दुर्घटना

नेपालभ्युज

अमेरिकाको ट्रिग काउन्टीमा सेनाको हेलिकप्टर दुर्घटना

एजेन्सी। अमेरिकाको केन्टकी प्रान्तको ट्रिग काउन्टीमा बुधबार सेनाको हेलिकप्टर दुर्घटना भएको छ ।  दुर्घटनामा धेरैको ज्यान गएको आशङ्का गरिएको छ ।

केन्टकीका गभर्नर एन्डी बेसियरले यसको पुष्टि गरेका हुन् । उनले यसलाई नराम्रो खबर बताउँदै यसमा मानिसहरू मारिने सम्भावना रहेको बताए।

स्थानीय समाचार रिपोर्टका अनुसार घटना स्थानीय समयानुसार बुधबार २१ः३५ बजे भएको हो, जसमा ९ जना मारिएका जनाइएको छ।  स्थानीय सेनाले पनि आफ्नो हेलिकप्टर दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ ।

फोर्ट क्याम्पबेल मिलिटरी बेसका प्रवक्ताले बीबीसीलाई दिएको जानकारीमा दुई वटा एचएच६० ब्ल्याकहक हेलिकोप्टर नियमित नियमित प्रशिक्षण मिसनको क्रममा दुर्घटनाग्रस्त भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved