उपनिर्वाचन : कांग्रेसबाट चितवन २ मा जीतनारायण र तनहुँ १ मा गोविन्द उम्मेदवार

नेपालभ्युज

उपनिर्वाचन : कांग्रेसबाट चितवन २ मा जीतनारायण र तनहुँ १ मा गोविन्द उम्मेदवार

काठमाडौं । सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउन बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनका उम्मेदवारको टुङ्गो लगाएको छ ।

सभापति शेरबहादुर देउवासहितका नेताहरुको बिहीबार बिहान पार्टी कार्यालय सानेपामा बसेको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको हो ।

बैठकले तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बारा २ मा कसैलाई उम्मेदवार तोकेको छैन ।

बारा २ मा जसपालाई सघाउने कांग्रेसको तयारी रहेको बुझिएको छ । यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्दैछन् । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

त्यसैगरी चितवन २ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि उपनिर्वाचन हुन लागेको हो । अदालतको फैसलापछी लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । उपनिर्वाचनका लागि चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved