प्रधानमन्त्रीले मिटरब्याजी पीडितलाई भेट्न ढिलो गर्नु हुँदैन: महामन्त्री शर्मा

नेपालभ्युज

प्रधानमन्त्रीले मिटरब्याजी पीडितलाई भेट्न ढिलो गर्नु हुँदैन: महामन्त्री शर्मा

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन् ।

भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  मिटरब्याजी पीडितहरुलाई भेट्न ढिलो गर्नु नहुने बताएका हुन् ।

उनले मिटरब्याजी पीडितहरुल प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अविलम्व भेट गर्न आग्रह गरे । महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरुको मुद्दा सम्बोधनको प्रक्रिया शुरु हुनु रहेको बताए ।

उनले मिटरब्याजी पीडितहरुले उठाएका मुद्दाहरुको सम्बोधनका लागि आवश्यक कानून दिए । उनले मिटरब्याजी पीडितहरु कुनैपनि राजनीतिक दलको छत्रछायाँमा रहेको भएपनि उनीहरुको माग सम्बोधन गर्नु सरकारको दायित्व भएको पनि बताए ।

महामन्त्री शर्माले वर्तमान अवस्थामा लोकतन्त्र भनेको कतिले बोल्न पाए भन्ने नभइ बोलेका कुरा राज्यले कति सम्बोधन गर्यो‍ भन्नेकुरा मुख्य रहेको उल्लेख गरे ।

महामन्त्री शर्माले भने, ‘मिटरब्याजीसँग सरकारले दुई तीन वटा कुरा क्रमशः गर्नुपर्छ । मिटरब्याजीहरुले जो कोही गएर संवाद गर्दापनि उहाँहरुले प्रधानमन्त्रीसँग भेट्न चाहन्छौँ भन्नुभएको छ । प्रधानमन्त्रीज्युलाई म के आग्रह गर्छु भने मिटरब्याजीहरुको संघर्षका लागि १३ दिन लगाएर तराईबाट हिँडेर आएका नागरिकलाई हिजो घरमा पुगेर दुई हात जोडेर मत माग्न स्क्थ्यौँ, आज पैदल हिँडेर आएका नागरिकलाई प्रधानमन्त्रीले भेट दिन ढिलो गर्नु हुँदैन । प्रधानमन्त्रीले अविलम्व भेट दिनुपर्छ । त्यसले उहाँको आन्दोलनमा उठाएको मुद्दाको सम्बोधनको प्रक्रिया प्रारम्भ हुन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved