आयरल्याण्डसँगको टी-२० शृङ्खला बंगलादेशले जित्यो,  शकिबको नाममा बन्यो रेकर्ड

नेपालभ्युज

आयरल्याण्डसँगको टी-२० शृङ्खला बंगलादेशले जित्यो,  शकिबको नाममा बन्यो रेकर्ड

एजेन्सी। आयरल्यान्डसँगको टी– २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला बङ्गलादेशले जितेको छ । चट्गाउँमा बुधवार भएको खेलमा बङ्गलादेशले आयरल्यान्डलाई ७७ रनले हराउँदै ३ खेलको शृङ्खला १ खेलअघि नै जितेको हो ।

१७ ओभरमा २ सय ३ रन बनाउनुपर्ने लक्ष्य पाएको आयरल्यान्डले ९ विकेट गुमाएर १ सय २५ रनमात्रै बनायो । आयरल्यान्डका कर्टिस केम्फले सर्वाधिक ५० रन बनाए । बलिङतर्फ बङ्गलादेशका शकिब अल हसनले ५ र तस्किन अहमदले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले १७ ओभरमा ३ विकेट गुमाएर २ सय २ रन जोडेको थियो । बङ्गलादेशका लागि लिटन दासले ४१ बलमा ८३ रन बनाए । यसअघि भएको एकदिवसीय शृङ्खला पनि बङ्गलादेशले नै जितेको थियो ।

बुधबारको खेलमा ५ विकेट लिएका शकिबले न्युजिल्यान्डका टिम साउथीलाई पछि पार्दै टी–२० क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् ।

शकिबले टी–२० मा १ सय ३६ विकेट पुर्‍याएका हुन् । साउथी १ सय ३४ विकेटसहित दोस्रो नम्बरमा छन् । अफगानिस्तानका राशिद खान १ सय २९ विकेटसहित तेस्रो नम्बरमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved