मुलुकको समृद्धि एमालेबाट मात्र सम्भव : ईश्वर पोखरेल

नेपाल भ्युज

मुलुकको समृद्धि एमालेबाट मात्र सम्भव : ईश्वर पोखरेल
फाइल फोटो

महोत्तरी । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको समृद्धि आफ्नै दलबाट मात्र सम्भव हुने बताएका छन् ।

महोत्तरीको जलेश्वरमा बुधबार पार्टीको ‘मिसन ग्रासरुट’ अभियानबारे अगुवा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रममा उनले मुलुकको अग्रगति र जनताका समस्याबारे बुझ्ने पार्टी एमाले मात्र भएको बताए ।

एमालेले विगतमा सरकारको नेतृत्व सम्हाल्दा मधेसमा पूर्वपश्चिम राजमार्गबाट सदरमुकाम जोड्ने सडक, हुलाकी सडक, रेल सञ्चालनका लागि पूर्वाधार निर्माणमात्र नभएर किसानका खेतखेतमा पानी पुर्‍याउन सुनकोशी मरिन डाइभर्सनको काम थालेको पोखरेलको भनाइ छ । मधेसको विकासका लागि एमाले नेतृत्वको सरकारले थालेका काम पूरा गर्न फेरि एमाले नै नेतृत्वमा आउन पर्ने उनले बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले आफ्नो दलको प्राथमिकतामा सरकार नरहेको स्पष्ट पार्दै आउने निर्वाचनमा आवश्यक बहुमत जुटाउन पार्टी कार्यकर्तालाई आम जनतासँगको सम्बन्ध सुमधुर बनाउन निर्देश गरे । पार्टीको जारी ‘मिसन ग्रासरुट’ अभियानकै क्रममा साङ्गठनिक काम व्यवस्थित गरेर अघि बढ्न पोखरेलले कार्यकर्तालाई अपिल गरे ।

कार्यक्रममा एमालेका केन्द्रीय सचिव तथा मधेस प्रदेश इञ्चार्ज रघुवीर महासेठले मधेसबाट प्रतिनिधिसभा र प्रदेशसभामा अहिले पनि आफ्नो दल पहिलो रहेको उल्लेख गर्दै आउने निर्वाचनमा भने स्पष्ट बहुमतसहितको बन्ने दाबी गरे ।

एमाले जिल्ला अध्यक्ष कालीचन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य लालबाबु पण्डित, पोलिटब्युरो सदस्यद्वय जुली महतो र रामदयाल मण्डलले अहिलेको पार्टी अभियान ‘मिसन ग्रासरुट’बारे प्रकाश पारेका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved