बालुवाटारमा निर्णायक बैठक जारी, केही मन्त्रीको शपथको तयारी

नेपालभ्युज

बालुवाटारमा निर्णायक बैठक जारी, केही मन्त्रीको शपथको तयारी

काठमाडौं । सत्तारूढ गठबन्धनको निर्णायक बैठक जारी छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी बैठकले केही मन्त्रीको शपथ आजै गराउने तयारीबारे छलफल गरिरहेको छ । बैठकमा सहभागी एक नेताले भने, ‘बैठक जारी छ । केही मन्त्रीको शपथ ग्रहण आजै गर्नेगरी छलफल अगाडि बढेको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार हुँदा कम्तीमा सबै दलका १/१ जना हुनुपर्ने सत्ता साझेदार दलहरूलाई सुनाएका छन् । सोहीअनुसार दलहरू छलफलमा छन् ।

यसो हुँदा कांग्रेसबाट पूर्णबहादुर खड्का मन्त्री बन्ने नेताहरूले बताएका छन् भने एकीकृत समाजवादीले पहिलो चरणमा मन्त्री बन्नेको नाम भनेर उपमहासचिव प्रकाश ज्वालाको नाम प्रधानमन्त्री प्रचण्डलाई दिएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डका साथ कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलगायत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved