ग्लोबल आइएमई बैंकले मनायो ‘ग्लोबल मनी सप्ताह’

नेपालभ्युज

ग्लोबल आइएमई बैंकले मनायो ‘ग्लोबल मनी सप्ताह’

काठमाडौं । ग्लोबल आइएमई बैंकले युवा/विद्यार्थीहरूमाझ वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आयोजना गरिएको ‘ग्लोबल मनी सप्ताह’ सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकको बार्षिक कार्यतालिकाअनुरूप हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल ‘मनी वीक’ को एघारौं संस्करण ग्लोबल आइएमई बैंकले सप्ताव्यापी प्लान योर मनि, प्लान्ट योर फ्यूचरको नारासहित सम्पन्न गरेको हो ।

ग्लोबल आइएमई बैंकले विभिन्न स्कूल तथा कलेजका हजारौं विद्यार्थीहरूको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरूबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ ।

यस अभियानअन्तर्गत बैंकले बैंकिङ सेवा तथा वित्तीय बजारलगायत विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । जसअन्तर्गत बैंकका विभिन्न शाखा कार्यालयहरूमार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया सञ्चालन भएका छन् । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृश्य सामग्रीहरू पनि प्रसारण गरेको छ ।

यसका साथै, युवा/विद्यार्थीहरूलाई बैंकका शाखा कार्यालयहरूको अवलोकन एवम् साक्षात्कार गराउने कार्यक्रमसमेत विभिन्न ठाँउमा आयोजना गरेको जनाएको छ ।

सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मुलकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सय भन्दा बढी सेवा केन्द्रबाट ४० लाख बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved