सुदखोर पीडितहरूलाई बाबुरामले भने- ‘तपाईंहरूलाई न्याय दिने दिशामा सरकार अघि बढिसकेको छ’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सुदखोर पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

नेपालभ्युज

सुदखोर पीडितहरूलाई बाबुरामले भने- ‘तपाईंहरूलाई न्याय दिने दिशामा सरकार अघि बढिसकेको छ’

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सुदखोर पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

बुधबार दिउँसो पीडितहरूको धर्नास्थल माइतीघर मण्डला पुगेर आन्दोलनमा ऐक्यबद्धता जनाएका उनले पीडितहरूलाई न्याय दिलाउने दिशामा सरकार अगाडि बढिसकेको बताए । ‘मिटरका आधारमा भएका कारोबारलाई मान्यता नदिने ढङ्गले तुरुन्तै कदम चाल्ने काम सरकारले गर्छ,’ उनले भने, ‘तपाईंहरूलाई न्याय दिने दिशामा सरकार अघि बढिसकेको छ, प्रधानमन्त्रीले हामीलाई हिजै त्यो कुरा भनिसक्नुभएको छ ।’

यसको दीर्घकालीन समस्याको सम्बोधन आयोगमार्फत हुने पनि बताए । ‘कतिपय ऐन-कानुनमा रहेका छिद्रका कारण पनि यस्ता समस्याहरू निम्तिने हुन्छ । अब दीर्घकालीनरूपमा यसको समस्या समाधान हुन्छ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved