रानी महलमा पत्नीसँग ओलीको सेल्फी, भन्छन्- एकबारको जुनीमा नघुमीकन किन मर्ने ?

‘तपाईँ किन घुम्न आउनुभएको’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले ‘घुमफिरबाट तीर्थाटन, रोमाञ्चकता, मनोरञ्जन र शिक्षा पाइने’ बताए। उनले भने ‘‘आखिर जिन्दगी के नै छ र ? एकबारको जुनीमा नघुमीकन किन मर्ने ?’’

नेपालभ्युज

रानी महलमा पत्नीसँग ओलीको सेल्फी, भन्छन्- एकबारको जुनीमा नघुमीकन किन मर्ने ?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित घुमघामका लागि लुम्बिनी प्रदेशमा छन्। उनले रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मीलगायतका जिल्ला भ्रमण गरिसकेका छन्। केही दिनयता उनी त्यहाँका चर्चित पर्यटकीय तथा धार्मिक स्थल घुमघाममा व्यस्त छन्।

पाल्पाको रानी महलमा मंगलबार भ्रमण गरेका ओली आज पनि उतैकतै पर्यटकीय स्थलमा भ्रमणमा जाने उनको सचिवालयले जनाएको छ।

पाल्पा रानी महल घुम्ने क्रममा ओलीले मंगलबार पत्नी राधिकासँग सेल्फी खिचे। सञ्चारकर्मीले पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनबारे उनीसँग प्रतिक्रिया लिन खोजेका थिए। तर, उनले ‘पवित्रस्थलमा फोहोरी राजनीतिका कुरा नगरौँ’ भन्दै प्रतिक्रिया दिनबाट पन्छिए।

बरु आन्तरिक पर्यटकले मुलुकको अर्थतन्त्रमा पुर्‍याएको योगदानको चर्चा गर्ने ओलीले बताए। ओलीले सञ्चारकर्मी र स्थानीयसँग भने, ‘‘बर्सेनि लाखौँ नेपाली मुलुकभित्रै घुम्छन्। तर, आन्तरिक पर्यटनको कहिँकतै चर्चा गरिँदैन। कस्तो विडम्बना! आन्तरिक पर्यटन लक्षित नीति बनेका छैनन्। त्यसैले अब आन्तरिक पर्यटनको विषयमा राष्ट्रियरूपमै बहस छेड्नुपर्छ।’’

‘तपाईँ किन घुम्न आउनुभएको’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले ‘घुमफिरबाट तीर्थाटन, रोमाञ्चकता, मनोरञ्जन र शिक्षा पाइने’ बताए। उनले भने ‘‘आखिर जिन्दगी के नै छ र ? एकबारको जुनीमा नघुमीकन किन मर्ने ?’’

सेल्फी डाँडामा पत्नी राधिकासँग ओली रोमान्टिक बन्दा…

ओलीले भ्रमण गरेका ठाउँका विभिन्न फोटोहरू सामाजिक सञ्जालमा चर्चामा छन्। उनी, कहिले स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने त्रिकोणात्मक पुल घुमेका छन्। कहिले पाल्पा दरबार सङ्ग्रहालयको अवलोकनमा देखिएका छन्।

कहिले पाल्पास्थित दमकडा माध्यमिक विद्यालय र मदनपोखरा सङ्गम सहकारी संस्थाको अवलोकन भ्रमण त कहिले, कता पहाड डुलेका देखिन्छन्।

ओलीले स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने त्रिकोणात्मक पुल समेत भ्रमणको क्रममा पुलबाटै तीन वटै जिल्लाका बारेमा श्रीमती राधिका शाक्यलाई जानकारी गराउँदै गरेको फोटो पनि सञ्जालमा भाइरल छ।

उनले त्यहाँ रहँदा पाल्पा तानसेनमा एमालेको मिसन ग्रासरुट कार्यक्रममा समेत संवोधन गरेका थिए। यसअघि ओलीले अर्घाखाँचीको मसुरपाटा (सेल्फी डाँडा)मा खिचेको फोटो निक्कै भाइरल छ।

घुमफिरका क्रममा ओलीका सुन्दर फोटो सञ्जालमा देख्नेहरूको टिप्पणी देखिन्छ ‘‘यसअघि कोरोनाले स्थगित गरिएको भिजिट नेपाल फेरि सुरू गर्नुपर्छ।’’

पाल्पा पुगेर ओलीले भने- एमालेलाई कमजोर बनाउने खेल भयो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved