माओवादी छाडेर जनमत पार्टी प्रवेश गरे शिवचन्द्र कुसवाह, उपनिर्वाचन लड्ने तयारी

काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी प्रवेश गरेका कुसवाहले उपेन्द्र यादव चुनाव लडे उनलाई हराउने बताए।

नेपालभ्युज

माओवादी छाडेर जनमत पार्टी प्रवेश गरे शिवचन्द्र कुसवाह, उपनिर्वाचन लड्ने तयारी

काठमाडौं। बारा २ बाट उपनिर्वाचन लड्नको लागि नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका छन्।

काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी प्रवेश गरेका कुसवाहले उपेन्द्र यादव चुनाव लडे उनलाई हराउने बताए।

त्यहाँ आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार थिए।

तर उनी हालका उपराष्ट्रपति तथा तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved