एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा, सन्दीपसहित को को परे ?

नेपाल भ्युज

एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा, सन्दीपसहित को को परे ?
फाइल तश्वीर

काठमाडौं । नेपालमा हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार प्रिमियर कप खेल्ने २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो।

टोलीमा कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी,रोहित पौडेल, सन्दीप जोरा,कुशल मल्ल, श्याम ढकाल, आरिफ शेख, कमल सिंह ऐरी,दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, गुलशन झा, सुर्य तामाङ,सोमपाल कामी, किशोर महतो, करण केसी,देव खनाल,सन्दीप लामिछाने रहेका छन् ।

एसियन क्रिकेट काउन्सिल(एसीसी) को आयोजनामा हुने प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।  नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्नेछ ।

समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् ।

फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved