हरियो मकै खानुका फाइदा

नेपालभ्युज

हरियो मकै खानुका फाइदा

एजेन्सी । हरियो मकै एकदमै भ्रम सिर्जना गर्ने खालको खाना पनि मानिन्छ । किनकी धेरैलाई यसमा धेरै चिनीको मात्रा हुन्छ भन्ने छ । तर साँचो कुरा यो हो कि एक सय ग्राम मकैमा जम्मा ३ ग्राम मात्र सुगरको मात्रा हुन्छ ।

त्यसैले हरियो मकैलाई तपाईं दिनहुँ आफ्नो खानपानमा ढुक्कसँग समावेश गर्न सक्नुहुन्छ । मकैको मुख्य फाइदा भनेकै यसमा उच्च मात्रामा फाइबर पाइन्छ । जो हाम्रो स्वास्थ्यका लागि एकदमै आवश्यक तत्व हो ।

यसले हाम्रो पाचनक्रियामा एकदमै फाइदा गर्छ । जसले गर्दा मुटुको रोग, टाइप टु मधुमेह जस्ता रोगबाट पनि बच्न सकिन्छ । त्यस्तै फाइबरले भोक लाग्न दिँदैन । जसले गर्दा तपाईं छिटो छिटो खानुहुँदैन र तौल सन्तुलित बनाउन सहयोग गर्छ ।

हरियो मकैमा फोलेट पनि राम्रो मात्रामा पाइन्छ जसलाई भिटामिन बी ९ ले पनि चिनिन्छ । यसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । विशेषगरी गर्भावस्थाको महिलालाई एकदमै फाइदा गर्छ ।

फोलेटले शरीरमा रक्त कोषिकालाई बढाउन मद्दत गर्छ साथै गर्भमा रहेको बच्चाको विकासका लागि पनि यो एकदमै आवश्यक हुन्छ । गर्भावस्थाको बेला दिनहुँ २०० माइक्रोग्राम भिटामिन बी ९ खानुपर्ने हुन्छ ।

तपाईंले १०० ग्राम मकै खाुनभयो भने त्यसबाट नै ३५ माइक्रोग्राम भिटामिन बी ९ पाउन सक्नुहुन्छ । हरियो मकैलाई भिटामिन सीको पनि राम्रो स्रोत मानिन्छ । अथवा यसलाई भिटामिनको पावरहाउस नै मानिन्छ ।

यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने काम गर्छ । यो हरेक उमेर अवस्थाको व्यक्तिले खान मिल्छ । यसलाई तपाईं उसिनेर, अन्य तरकारीसँग मिसाएर, पुलावहरुमा मिसाएर वा विभिन्न तरिकाले खान सक्नुहुन्छ ।

सबैभन्दा राम्रो तरिका हरियो मकै खाने भनेको उसिनेर नै हो । हरियो मकैमा पाइने अन्य तत्वमा म्याग्नेसियम र पोटासियम पनि पर्दछन् । म्याग्नेसियमले हाम्रो हड्डी तथा मसल्स बलियो बनाउँछ । त्यस्तै मेटाबोलिज्म बलियो हुँदा थकान कम हुन्छ ।

पोटासियमको भूमिका हाम्रो शरीरमा तरल पदार्थलाई सन्तुलन बनाइराख्ने तथा मांसपेशीलाई आराम दिई संकुचन हुन नदिनु हो । त्यसैले मकैलाई कसरत वा व्यायाम गरिसकेपछि खानु झन राम्रो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved