त्यस्ता खाना, जसले मुटुलाई समयभन्दा पहिला बुढो बनाइरहेको छ

नेपालभ्युज

त्यस्ता खाना, जसले मुटुलाई समयभन्दा पहिला बुढो बनाइरहेको छ

एजेन्सी । केही खाना जुन हामीले दैनिक सेवन गरिरहेका छौं मुटुका लागि भने हानीकारक छन् । त्यस्ता खानाले हाम्रो मुटुलाई समयभन्दा पहिले नै बुढो बनाइरहेका छन् ।

आउनुहोस जानौं मुटु बिगार्ने त्यस्ता खानाबारे :

प्रोसेस्ड मीट

प्रोसेस्ड मीट जस्तो बेकन र ससेजमा स्याचुरेटेड फ्याटको मात्रा एकदमै धेरै हुन्छ । त्यसैले कोसिस गर्नुहोस् यसको सेवन एकदमै सीमित मात्रामा नै गर्ने । यो शरीर तथा मुटुका लागि एकदमै नोक्सानदायक हुन्छ ।

तारेको खाना

कैयौं अध्ययनले बताइसकेका छन्, फ्राइड फुड तथा तेलमा डुबाएर तारेको खानेकुरा शरीर तथा मुटुका लागि एकदमै घातक हुन्छ । यसले हृदय रोगको खतरा बढेर जान्छ । यसले ट्रान्स फ्याट तथा खराब कोलेस्ट्रोल बनाउने काम गर्छ ।

चकलेट

अहिलेसम्म फ्याटलाई हृदय तथा मुटु रोगको सबैभन्दा ठूलो कारण मानिएको छ । तर केही रिपोर्टले यो खुलासा गरेका छन् कि चिनी पनि यसका लागि धेरै हदसम्म जिम्मेवार छ । चिनीको धेरै सेवनले हृदय रोगको खतरा कैयौं गुणा बढेर जान्छ ।

चिसो पेय पदार्थ

शरीरमा सबैभन्दा धेरै चिनी जाने भनेको पेय पदार्थबाट हो । जस्तो चिनी अन्य स्वास्थ्य खतराको जिम्मेवार हो तर यी सबै मिलेर हृदयमा नकारात्मक असर पार्न सक्छन् ।

कुकिज तथा बिस्कुट

अधिकांश बेक गरिएका सामग्रीमा धेरै मात्रामा चिनी हुन्छ । सम्भवतः स्याचुरेटेड फ्याट (जस्तो मख्खन वा वनस्पति तेल ) बाट बनेका हुन्छन् । यसले हृदयसँगै सम्पूर्ण स्वास्थ्यमा पनि गम्भीर असर पार्दछ ।

पिज्जा

पिज्जा पनि मुटुका लागि खराब खानामा पर्दछ । किनकी यसमा अत्यधिक मात्रामा नुन र चिल्लो पदार्थ हुन्छ । साथै फ्याट बढाउने यो पनि एउटा ठुलो स्रोत हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved