‘नेपाल-भारत कला संगम’ तारागाउँमा सुरु

नेपालभ्युज

‘नेपाल-भारत कला संगम’ तारागाउँमा सुरु

काठमाडौं । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र सुशीला कला प्रतिष्ठानद्वारा बौद्धको तारागाउँ संग्रहालयमा सप्ताहव्यापी ‘भारत–नेपाल कला संगम’ कला प्रदर्शनी मंगलबार सुरु भएको छ ।

प्रदर्शनीको भारतीय राजदूतावास काठमाडौंका नियोग उपप्रमुख श्री प्रसन्न श्रीवास्तवले उद्घाटन गरे ।

प्रदर्शनीमा ११ नेपाली युवा कलाकारले नेपाल र भारतबीचको मित्रता झल्काउने ३८ वटा कलाकृति राखिएका छन् ।

कला प्रदर्शनी तारागाउँ संग्रहालयमा आगामी १९ गते आइतबारसम्म चल्ने छ । प्रदर्शनी सिजी उन्नति सांस्कृतिक भिलेज र AWON को सहयोगमा आयोजना गरिएको भारतीय राजदूतावासले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved