थ्री नेसन्स कप फुटबल : नेपालसँग बराबरी खेलेपछि भुटान बाहिरियो

नेपालभ्युज

थ्री नेसन्स कप फुटबल : नेपालसँग बराबरी खेलेपछि भुटान बाहिरियो

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले भुटानसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा  नेपालले भुटानसँग १–१ को बराबरी खेलेको हो ।

खेलको  १९ औँ मिनेटमा तेञ्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । तर नेपालका दीपकराज सिंह ठकुरीले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काए ।

यो खेलसँगै भुटान प्रतियोगिताबाट बाहिरिएको छ भने नेपाल फाइनलमा प्रवेश गरेको छ । अब फाइनलमा चैत १७ गते नेपाल लाओससँग भिड्नेछ  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved